अहिलेसम्म टिभीमा हाम्रो अनुहार देखिएको छैन, कहिले देखाउँने हो ?

‘सभामुख ज्यू, यहाँ संसदको अनुहार देखाउनेमा भेदभाव गरिएको छ । सांसदको अनुहार हेरेर क्यामेरा घुमाइन्छ त्यतिमात्र कहाँ हो र ? उसको मात्रै टीभीमा अनुहार देखाइन्छ । यो विभेद हो कि होइन ।’ आज बिहीबार संसद सचिवालय भवनमा एमाले सांसद नरदेवी पुन यसैगरी पड्किइन् ।

सभामुख ओनसरी घर्ती मगर भने एकोहोरिएर उनको आवाज सुनिरहेकी थिइन् । पुन संसद भवनको ल्होत्से हलमा उभिएर यसो भनिरेकी थिइन् । तर, यो संसद बैठक कार्यक्रम चलेको थिएन । यता, ड्यासतिर एमाले सचेतक भानुभक्त आचार्य बसिरहेका थिए ।

बिहीबार संसद सचिवालयले मोबाइल एप्स र नयाँ वेबसाइट उद्टनपछि सांसदहरुलाई यो प्रविधिबिारे आफ्ना जिज्ञासा राख्न समय दिएको थियो । हो, यहि समयको मौंकामा पुनले आफ्नो कथा पोखेकी हुन् । गाउँघरतिरको दुःखका कथा सुनाउँदै उनले टिभीमा खासखास सांसदहरुको मात्र अनुहार देखाउँने गरिएको गुनासो पोखिन् । यसकारण त्यस्ता खास खास मान्छेको अनुहार मात्र देखिएपछि हामीजस्तालाई जनताले हेपेका रहेछन्, उनले भनिन् ।

गाउँघरमा जाँदा जनताले जनताले तपाईलाई त टिभीमा पनि देखिएन, हाम्रो समस्याबारे केही बोल्नु भएन भन्दै प्रश्न गरेको समेत बताइन् । ‘त्यसैले सबैलाई समान व्यवहार गर्नुपर्छ कि पर्दैन ।’

यो कुरा उनले मात्रै उठाएकी थिइनन् यसअघि संसदले बैठकमै पनि टीभीमा देखाउने सन्दर्भमा बिभेद भएको गुनासो गर्दै आएका छन् । आफ्नो नजिकका नेता हेरेर टिभीमा अनुहार देखाउँने गरेको उनीहरुले गुनासो पोख्दै आएका छन् । यससँगै सांसदहरुलाई कसरी एप्स चलाउने भन्ने पनि सिकाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *