उच्चस्तरीय छानबिन समितिका सदस्य केसी फर्किए

भाद्र २७, काठमाडाैं । निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य बीरेन्द्र बहादुर केसीले पुन: छानबिन समितिमा फर्किएका छन्।

बुधबार बिहान गृहमन्त्री राम बहादुर थापा बादलसँग दुई घण्टाको गहन छलफलपछि आफू छानविन समितिमा पुन: फर्किएको जानकारी दिएका हुन।

उनले भने, ‘ छानबिन समितिमा म्‍याद थप लगायतका विषयमा मेरो विमति थियो। तर गृहमन्त्रालय छानविन समिति हत्‍यारालाई कारबाही गर्न एकमत रहेकाले राष्ट्र सेवकको हैसियतले फर्किएको हुँ।’ उनले निर्मलाको हत्‍या प्रकरणमा अब निष्पक्ष रुपमा छानविन गर्ने प्रतिबद्धता व्‍यक्त गरे।

उनले आजैका मितिबाट आफू छानबिन समितिमा आइसकेको जानकारी गराएका। यसअघि उनले आफ्नो हत्या हुने प्रवल सम्भावना रहेको भन्‍दै सोमबार उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =