अमेरिकामा तीजको अवसरमा नेपाली जनसम्पर्क समितिको पिकनीक

“न्यूयोर्क, अमेरिका । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले तीजको अवसरमा पिकनिक कार्यक्रम सम्पन्न गरेको छ । गत शनिबार सम्पन्न पिकनिक कार्यक्रममा नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरले पिकनीक अायाेजना गरेकाे हाे ।
जनसम्पर्क समिति न्यूयाेर्क च्याप्टरका कार्यवाहक अध्यक्ष कमला पन्तले प्रवासमा रहेका नेपालीहरु विच आपसी भाइचारा सम्बन्ध प्रगाढ बनाउन र पार्टीमा बढ्दै गएको बेमेल हटाउन पिकनिक कार्यक्रम आयोजना गरेको बताइन् ।
‘विदेशमा रहेका नेपाली विच आपसी भाइचारा कार्यम गर्न र नेपाली कांग्रेस भित्र देखिएको मतभिन्नतालाई कम गर्न फलदायी हुने विस्वास लिएका छौं ।’ उनले भनिन् ।
कोरोना पार्कमा भएको उक्त पिकनिकमा जनसम्पर्क समितिका संस्थापक एवं पूर्व उपाध्यक्ष मिङ्गमार शेर्पा, वाणिज्यदूत कृशु क्षेत्री, पूर्व संयोजक बिष्णु सुवेदी, केन्द्रिय सदस्य प्रमोद सिटौलाको समेत उपस्थिति रहेको थियो ।
यसैगरी तरुण दल अमेरिकाका कार्यवाहक अध्यक्ष अनन्तराज सुवेदी, जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका उपाध्यक्ष अनन्त न्यौपाने लगायत ठूलो संंख्यामा काँग्रेसीहरुको उपस्थिती रहेको थियो ।








