निर्मला हत्या प्रकरणः हत्या आरोपी विष्टसँगै धरौटीमा छुटे बम दिदीबहिनी

कञ्चनपुर, भदौ २६ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याको अभियोगमा पक्राउ परेका दिलिपसिंह विष्टलाई अदालतले तारिकमा रिहा गरेको छ भने बम दिदीबहिनी छुटेका छन् ।

निर्मला पन्तको भेजाइनल स्वाब रहेको बलात्कारीको डीएनए र दिलिपसिंह विष्टको डीएनए फरक भएको पाइएपछि अदालतले उनलाई साधारण तारिकमा रिहा गर्न आदेश दिएको हो ।

निर्मला पन्तको बलात्कार र हत्या भएको २६ औं दिन भदौ ४ गते विष्टलाई प्रहरीले मुख्य आरोपीका रुपमा सार्वजनिक गरेको थियो। मानसिक अवस्था ठिक नभएको व्यक्तिलाई अभियुक्त बनाएर सार्वजनिक गरी वास्तविक हत्यारा लुकाउन खोजेको भन्दै स्थानीयले विरोध गरेका थिए ।

विष्टसँगै आँचल भनिने १४ वर्षीया रोशनी बम र १८ वर्षीया बवितालाई पनि रिहा गर्न अदालतले आदेश दिएको हो । दिदी बवितालाई ३० हजार रुपैयाँ धरौटी र बहिनी रोशनीलाई विना धरौटी छोड्न जिल्ला अदालतले आदेश दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =