गर्मी मौसममा ओठ्को यसरी सुरक्षा गर्न सकिन्छ

ओठ हाम्रो शरिरको एकदम कोमल अंग हो । जाडो होस् या गर्मी मौसम  यदी हामीले ओठ्को ख्याल गरिएन भने ओठ् फुट्ने गर्दछ । ओठ्मा चिल्लो पदार्थको कमीको कारणले पनि फुट्ने वा सुक्ने गर्दछ । फुटेको ओठ्ले हाम्रो सुन्दरतामा पनि कमी ल्याउँछ । नियमित हेरचाह एवं घरेलु उपचारबाट ओठ् फुटेको निको पार्न सकिन्छ । सबैभन्दा पहिले ओठ किन फुट्छ भन्ने कुरा बुझ्नुपर्छ । गर्मीमा धेरै गरम एवं सुख्खा हावाका कारणले पनि ओठ फुट्ने गर्दछ ।

– ओठ सुक्दा जब बारम्बार जिब्रो भिजाइन्छ तब र्‍यालले ओठको नरमपन सोस्छ । यसबाट ओठमा पाप्रा बन्छ ।

– ओठलाई नरम राख्ने कुनै ग्रन्थि हुँदैन । तातो हावामा सुख्खापन हुन्छ, जसका कारण ओठ फुट्छ । ओठ बढी फुट्छ भने त्यो डिहाइड्रेसनको संकेत हो ।

– ओठलाई ठीक तरिकाले सनस्किनबाट सुरक्षा प्रदान गरिएन भने ओठ फुट्छ ।

– गर्मीमा धूलो, माटो तथा प्रदूषणका कारण पनि ओठ फुट्छ ।

– जब सास फेरिन्छ तब तातो हावा ओठबाट बाहिर आउँछ, यसका कारण लिप क्रेज हुन्छ ।

– केही टुथपेस्ट पनि ओठको छालालाई सुट गर्दैन । यस्तोमा ओठ फुट्छ ।

– कतिपय अवस्थामा अमिलो फल, जुस, सस आदिले ओठमा एलर्जी सिर्जना गर्छन् जसबाट पनि ओठ फुट्ने सम्भावना हुन्छ ।

– केही औषधिको सेवनबाट पनि ओठ फुट्छ । त्यसैले ती औषधि सेवन गर्दा प्रशस्त मात्रामा तरलपदार्थ, जुस, पानी आदि सेवन गर्नुपर्छ ।

स्वस्थ ओठका लागि घरेलु उपाय
– गर्मीमा पर्याप्त मात्रामा तरल पदार्थ सेवन गर्नुपर्छ । यसबाट शरीरको नरमपनसँगै ओठको नरमपन पनि कायम रहन्छ ।

– ओठमा ड्राइनेस महसुस भए हल्का रूपले ओठमा लिप ब्रस प्रयोग गर्नुपर्छ । पछि लिपबाम प्रयोग गर्नुपर्छ ।

– राति सुत्दा पेट्रोलियम जेली, कोकोनट आयल वा फ्रेस मख्खन प्रयोग गरे ओठको नरमपन कायम रहन्छ ।

– मेकअप गर्दा लिपग्लसको साटो युवी रेज सोस्ने राम्रो ब्रान्डको लिपबाम प्रयोग गर्नु उपयुक्त हुन्छ ।

– ओठ बढी फुटेको छ भने लिप मोइस्चराइजर तथा लिपबाम दुवै दिनमा ३–४ पटक प्रयोग गर्न सकिन्छ ।
– खानपिनमा पोषकतत्वलाई पर्याप्त मात्रामा समावेश गर्नुपर्छ । भिटामिन सी, भिटामिन ई, हरियो सागपात एवं मौसमी फलफूल सेवन गर्नुपर्छ ।

– गर्मीमा लस्सी जति बढी सेवन गरियो ओठको स्वास्थ्यका लागि त्यति नै राम्रो हुन्छ ।

– थोरै मात्रामा मह, चिनी तथा कागतीको रस मिसाएर फ्रिजमा राख्ने । केही समयपछि उक्त मिश्रणलाई ओठमा प्रयोग गर्ने । घाममा काम गर्ने महिलाले यसको प्रयोग बढी गर्नुपर्छ ।

(ओठ अत्यधिक फुटे टमाटरको रसलाई शुद्ध घिउ वा मख्खनमा मिसाएर ओठमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =