जग्गा कीर्तेको आरोपमा मालपोत कार्यालय चाबहिलका तीन कर्मचारी पक्राउ
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, भदौ २६ । गौशाला प्रहरीले जग्गा कीर्ते गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
बुढानिलकण्ठस्थित चन्दनकृष्ण कायस्थको ४० आना जग्गा किर्ते गरेर पास गरेको अभियोगमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मालपोत अधिकृत खगेन्द्र अर्याल, नासु रन्जनकुमार खरेल र जमुना कुमारी श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
नक्कली जग्गाधनी बनेर जग्गा खरिद विक्री भएको थियो। सरकारी कर्मचारीले जग्गा पास गर्ने क्रममा कागजात मिलाएको प्रहरीको दावी छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित