न्यायाधीश जोशी आजबाट सर्वोच्च फर्के
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौँ, भाद्र, २६ । प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि छुट्टी बसेका न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा काममा फर्केका छन् ।
जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेका थिए । सुनुवाइपछि जोशी बिदामा बसेका थिए । सोमबार साँझ नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्नका लागि न्यायाधीश जोशी सर्वोच्च अदालत आएका हुन् ।
न्यायाधीश जोशी आजदेखि सर्वोच्च अदालतमा काममा फर्केका सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले बताए । जोशी काममा फर्केता पनि उनको नाममा मुद्दाको पेशी भने तोकिएको छैन ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित