बसको ढोकाबाट लडेर मृत्यु

मोरङ, १२ साउन । विराटनगर–७ स्थित कोशी राजमार्गमा गएराति बसको ढोकाबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ ।विराटनगर बसपार्कबाट बरगाछीतर्फ जाँदै गरेको को १ ख ४५४२ नं को बसको ढोकाबाट लडेर नाम, थर नखुलेका अन्दाजी ३५/४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

बसबाट खसेर गम्भीर घाइते भएका उनको ग्रीनक्रस अस्पताल, विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी नायब निरीक्षक दिनेशकुमार चौधरीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *