ठमेलको ज्याठामा आगलागी, पाँच जनाले हाम फालेर जोगाए ज्यान

काठमाडौँ, भदौ २६ । काठमाडौँको ठमेल–ज्याठास्थित सुनिल स्थापितको ६ तले घरमा आगलागी हुँदा पाँच जनाले हाम फालेर ज्यान जोगाएका छन् ।

पर्यटकीय क्षेत्र ठमेलस्थित सुनिल स्थापितको ६ तले घर भाडामा लिएर पेम्बा दोर्जेले खोलेको हिमालय ट्रेकिङ पसलमा भीषण आगलागी हुँदा घरमा रहेका पाँच जनाले हाम फालेर ज्यान ज्यान जोगाएका हुन् । हाम फालेर ज्यान जोगाएका तीन जना, सुवर्ण स्थापित, रामलाल श्रेष्ठ र अञ्जना श्रेष्ठको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्य दुईको भने पहिचान खुलेको छैन । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान ०४ः२५ देखि स्थापितको पहिलो तलाबाट शुरु भएको आगो अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि अनियन्त्रित भएको प्रहरीले जनाएको छ । ग्यास सिलिन्डर पड्किन थालेपछि आगो नियन्त्रण प्रयास समयमा नै सफल नहुँदा स्थानीयवासी झनै त्रसित बनेका थिए ।

आगलागीले स्थापितको घरसँगै जोडिएका गौतम तुलाधर र अजयरत्न स्थापितको घरमा पनि क्षति पुर्याएको छ ।

दरबारमार्ग प्रहरी वृत्तका डीएसपी दानबहादुर मल्लले आगलागीबाट १० करोड भन्दा माथिको क्षति भएको हुन सक्ने बताए । आगो नियन्त्रणका लागि जुद्ध बारुणयन्त्रलगायत दमकलसँगै सुरक्षाकर्मी परिचालित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =