सावारी साधनहरुको बृहत मेला ‘नाडा अटो शो’ आजबाट सुरु

“काठमाडौं, भदौ २६ । नाडा अटो शो २०१८ मंगलबारदेखि काठमाडौँको भृकुटिमण्डपमा सुरु हुँदैछ ।

नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन, नाडा र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा मंगलबारदेखि सुरु हुने नाडा अटो शो ६ दिनसम्म चल्नेछ ।

अटो शो मा विभिन्न ब्राण्डका सावारी साधन तथा त्यससँग सम्बन्धित सामग्रीहरुको बृहत प्रदर्शन हुुनेछ ।

सवारी साधन तथा त्यसका सामग्र ससम्बन्धी जानकारी एकै थलोमा उपलब्ध गराई नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचारप्रसार गर्नु नाडा अटो शो को उद्देश्य रहेको नाडाले जनाएको छ ।

शोमा विशेषगरि चार पांग्रे, दुई पांग्रे र सवारी सम्बन्धी सामग्रीको अत्याधिक मागलाई ध्यानमा राखी यो वर्ष तीनवटा ह्यांगर राखिनेछ । शोमा विभन्न १९ वटा ब्रान्डका चार पांग्रे तथा २० ब्रान्डका दई पांग्रे सवारी साधन रहने छन् । त्यसैगरी आयातकर्ता, डिलर, उत्पादक तथा विक्रेता गरी यो वर्ष ७१ कम्पनीको सहभागिता रहने नाडाले जनाएको छ ।

साना ठूला गरी १३४ वटा ब्लक तथा स्टल रहने प्रदर्शनीमा ठूला ब्रान्डका सवारीसाधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिजलगायत नेपालमै उत्पादित सामग्री रहने छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eleven =