मूूल्य बढाउँने एप्पलको चेतावनी

“एजेन्सी, भदौ २६ । केही समय अगाडि मात्र १० खर्ब डलरको पहिलो कम्पनी बन्न पुगेको आइफोन निर्माणकर्ता एप्पल पनि ट्रम्पको अप्रत्याशित व्यापार नीतिको शिकार बन्ने भएको छ ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार यसले विशेषगरी आइवाच घडीहरु, एयरपड, चार्जर होमपड, स्पीकर, टाइम क्याप्सुल, इन्टरनेट राउटर्स, म्याजिक माउस, आइफोनका छालाका कभर, म्याकबुक, आइप्याड, पेन्सिल जस्ता उत्पादनहरुलाई नराम्ररी प्रभावित पार्ने भन्दै कम्पनीले चेतावनी दिएको हो ।

यस्तोमा चिनियाँ व्यापारिक नीतिमा परिवर्तन ल्याउने लक्ष्यका साथ अघि बढिरहेको अमेरिकी सरकारले आफ्नै देशका कम्पनी र ग्राहकहरुको कसरी सुरक्षा गर्छ भन्ने प्रश्न खडा भइरहेको बताइएको हो ।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई चीनबाट प्रभावित नुहने हिसाबले उत्पादन गर्न आग्रह गरेका थिए ।

उनको त्यो ट्वीटको जवाफमा एप्पलले आफूहरु यसको असरबाट कुनैपनि हातलमा बच्न नसक्ने र त्यसले निश्चित रुपमा ग्याजेटहरुको मूल्य बढाउने बताएको हो ।

ट्रम्पले भने अबदेखि सबै सामग्रीहरु चीनमा नभएर अमेरिका भित्रै निर्माण गर्न भनेका छन् ।

तर एप्पलले भने यसले अमेरिकी अर्थतन्त्रको विकासमा नै सबैभन्दा बढी नोक्सान गराइ विश्व प्रतिस्पर्धामा तल पुर्याउने र अमेरिकी ग्राहकहरु पनि शुल्क वृद्धिका कारण अफ्ठ्यारोमा पर्ने बताउँदै व्यापारिक प्रतिनिधिलाई यसअघि आधिकारिक पत्र समेत पठाएको छ ।

अमेरिकी अर्थतन्त्रलाई स्वस्थ र पहिले भन्दा अझ बलियो बनाउन प्रभावकारी तरिका अपनाउन अनुरोध गर्दै सो चिठी लेखेको कम्पनीको भनाइ छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twelve =