हिमालयन ट्रेकिङ ग्यास स्टोरमा आगलागी, पाँच घाइते
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ २६ । हिमालयन ट्रेकिङ ग्यास स्टोरमा आगलागी भएको छ । मंगलबार बिहान करिब ४ः२५ बजे काठमाडौं महानगरपालिका २७ ज्याथामा रहेको हिमालयन ट्रेकिङ ग्यास स्टोरमा आगलागी भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आगलागीमा परि पाँचजना घाइते भएका छन् । सुनिलमान स्थापितको ६ तले घरमा आगलागी भएको हो । दोलखाका पेमा दोर्जे लामाले स्थापितको घर भाडामा लिएर ग्यास स्टोर संचालन गरेका थिए । आगलागीबाट ८० थान ग्यास सिलिन्डरमा क्षति पुगेको छ । भरेका ३० थान र खाली ५० थान ग्यास सिलिन्डरमा क्षति पुगेको हो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








