ढकारी गाउँपालिकाका अध्यक्षले दिए पत्रकार बुढा विरुद्ध मानहानी मुद्दा

अछाम, भाद्र २५ । ढकारी गाउँपालिका भ्रष्टाचारको अखडा बन्दै भन्ने समाचारका बिषयमा स्थानिय रेडियो रामारोशनले गलत सुचनाका प्रकाशन गरेको भन्दै ढकारी गाउँपालिका अध्यक्ष धन बहादुर बुढाले अछाम जिल्ला अदालत मंगलसेनमा मानहानी उजुरी दर्ता गरेका छन ।

गाउँपालिका अध्यक्ष बुढाले स्थानिय रेडियो काम गर्न पत्रकार ललित बुढाले गलत नियत राखी तथ्यहिन समाचार प्रकाशन गरेको भन्दै केहि दिन अगाडी विज्ञप्ती मार्फत र पत्रकार सम्मेलन गरेर प्रष्टयाएका थिए ।

अछाम जिल्ला क्षेत्र न.२ को पहिलो स्थापित संञ्चार माध्यम रेडियो रामारोशन एफ.एम. अहिले विवादमा तानिएको छ । गाउँपालिका र रेडियो विच विज्ञप्ती र पत्रकार सम्मेलनको दाहोरी नै चरेको छ । निगरानी खबरका पत्रकार धर्मेन्द्र बुढाका अनुुसार तथ्यहिन समाचार प्रकाशन गर्ने कर्मचारीलाई बचाउँ गर्न रामारोशन एफएमले आयोजना गरेको पत्रकार सम्मेलन जिल्ला स्थित धेरै पत्रकारले बहिस्कार गरेका छन ।

रेडियो व्यवसायिक नाफामा केन्द्रित भएको र पत्रकारिताको आधारभुत आचारसंहिता पालना नगरेको भन्दै पत्रकार महासंघ अछामका सहसचिव मेनका ढुङ्गाना, रामारोशन दैनिकका नरेश कुमार शाही र बरिष्ठ पत्रकार शिवराज ढुङ्गानाले बताएका छन । उनीहरुले रेडियोको संचालक समितिलाई रेडियोकै सम्पतिको सुचना माग गरेका छन ।

रेडियोले गरेको पत्रकार सम्मेलनमा रामारोशन दैनिकका नरेश कुमार शाहीले रेडियो रामारोशन अछामी जनताको लगानीबाट स्थापित भएकोले स्थापनाकाल देखि हाल सम्मको आर्थिक तथा भौतिक सम्पती सार्वजनिक गर्न माग गर्नु भयो ।

पत्रकार शाहीले आफूले २०६६ सालमा सुचनाको हक प्रयोग गरी रेडियोको सम्पतीको मागका लागी निवेदन पेश गरेपनि हाल सम्म कुनै सुनुवाई नभएको बताएका छन । साविकका विभिन्न गाविस र अहिलेका गाउँपालिका रकममा पहिले देखि नै गिद्धेनजर लगाउदै आएको र पैसा नदिए भ्रष्टाचारको समाचार प्रकाशन गर्ने धक्मीपुर्ण त्रास दिने गरेको अन्य स्थानिय निकाय अन्र्तगत कार्यलयका कर्मचारीले बताउदै आएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =