प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन

काठमाडौँ, भदौ २५ । संसदीय सुनुवाई विशेष समितिले सोमबार बिहान प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ ।

मिश्रले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिए लगत्तै मिश्रको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको हो । आइतबार मिश्रविरुद्ध उजुरी दर्ता गर्ने उजुरकर्तासँग छलफल गरेको समितिले सोमबार उनको नाम अनुमोदन गरेको हो ।

 संसदीय समितिले नाम अनुमोदन गरेपछि अब मिश्रको प्रधानन्यायाधीश बन्ने बाटो खुलेको छ ।

संसदीय समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =