काठमाडौँको ठमेलबाट पक्राउ परे नक्कली एटिएम कार्ड बनाउने भारतीय गिरोह

“
काठमाडौँ, भदौ २५ । प्रहरीले नक्कली एटिएम कार्ड बनाएर रकम झिक्ने गिरोहलाई नियन्त्रणमा लिएको छ ।
महानगरी प्रहरी प्ररिसर काठमाडौँको टोलीले नक्कली एटिएम कार्ड बनाएर रकम निकाल्ने तीन जना भारतीय र एक नेपालीलाई काठमाडौँको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी परिसर र वृत्त लैनचौर तथा ठमेलको टोलीले सोमबार बिहान भारतीय गिरोहको अखडामा छापा मार्ने क्रममा उनीहरुको साथबाट प्रहरीले ५० वटा भन्दा बढी नक्कली एटिएम कार्डका साथै नक्कली एटिएम कार्ड बनाउने चारथान मेसिन समेत बरामद गरेको छ ।
नेपालमा कार्ड बनाउने मेसिन सहित आएका उनीहरूले विभिन्न बैंकका काउन्टरबाट रकम निकाल्ने गरेको खुल्न आएको परिसर प्रमुख एसएसपी बसन्तकुमार लामाले जानकारी दिए ।
भारतको केरला घर भएका तीन जना १० दिन अगाडि नै नेपाल आएर नक्कली एटिएम कार्ड बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। प्रहरीले उनीहरूको साथबाट बरामद गरेको एसएसपी लामाले बताए।
प्रहरीले ठमेल सञ्चय कोष भवन नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
“








