इ–लाइब्रेरी र विज्ञान प्रयोगशाला सञ्चालन

गौशाला, १२ साउन । महोत्तरी जिल्लाको मटिहानी गाउँपालिकास्थित श्रीराम उमाविमा इ–लाइब्रेरी र विज्ञान प्रयोगशाला सञ्चालन भएको छ ।

जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रु सात लाख ५० हजारको लागतमा विद्यालयमा १० थान कम्प्युटर, एक थान ल्यापटप, इन्टरनेट, वाइफाई र अत्याधुनिक विज्ञान शिक्षा सामग्री खरिद गरी इ–लाइब्रेरी र विज्ञान प्रयोगशाला सञ्चालनमा आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद मण्डलले बताउनुभयो ।


इ–लाइब्रेरी र विज्ञान प्रयोगशालाको शुभारम्भ जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले गर्नुभएको थियो रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *