दक्षिण सुडानमा विमान दुुर्घटना १९ जनाको मृत्युु
२०७४ जेठ १५ गते

“एजेन्सी, भदौ २५ । दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।
आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रुु लिएर जुबाबाट इरोलतर्फ उडेको विमान इरोल नजिकै दुर्घटना भएको क्षेत्रीय सूचनामन्त्री अबेल अगुकले बताए ।
विमान अवतरण हुने समय बाक्लो हुस्सु लागेको र विमान अवतरणका लागि राम्रो अवस्था नरहेको भन्ने रिपोर्टहरू आफुले पाएको सूचनामन्त्रीले बताए ।
घटनामा चार जनालाई सकुशल उद्धार गरिएको छ । उनले दुर्घटनामा इरोलका पादरी सिमोन एडटको पनि निधन भएको बताए । इटालीका एक नागरिकसहित दुई बालबालिकालाई भने जीवितै उद्धार गरिएको छ भने एक जनाको अझै परिचय खुल्न सकेको छैन ।
दुर्घटनाग्रस्त विमान व्यवसायिक जहाज भएको मन्त्री अबेलले बताएका छन् । विमान दुर्घटनापछि इरोल शहरका पसलहरू बन्द भएका छन् ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








