हेलिकप्टर दुुर्घटनाको छानबिन समिती गठन

“काठमाडौं, भदौ २५ । शनिबार दुर्घटनामा पेरको अल्टिच्युड एयरको हेलिकप्टर छानबिन समिती गठन भएको छ । आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा ३ सदस्य छानबिन समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा सिम्रिक एयरका वरिष्ट क्याप्टेन सिद्धार्थ जङ गुरुङ र समिट एयरका बरिष्ठ इन्जिनीयर मेगेन्द्र कुमार श्रेष्ठ रहेका छन् । समितीलाई एक साताभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन समय सिमा तोकिएको मन्त्रालयका सहप्रवक्त प्रकाश शर्माले जारी गरेको विज्ञप्ती उल्लेख छ ।

शनिबार बिहान ६ जना यात्रुु लिएर गोरखाको सानोगाउँबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटको मेघाङ गाउँपालिका–१ बर्सुङचेतको जङ्गलमा दुर्घटना भएको थियो । दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् ।

हेलिकोप्टरमा पाइलट निश्चल केसी सहित ७ जना सवार थिए । एक घाइतेको उद्धार गरिएको छ । हेलिकोप्टरमा हिरोमी कामात्सु, दिल्लीबहादुर गुरुङ, हिरा शेर्पा, ल्हो आनि, डोल्मा डिकी, छोवाङ नुर्बु, सुनिल तामाङ, निश्चल केसीको सवार थिए ।

डोल्मा डिकीको मात्रै जीवितै उद्धार गरिएको छ । उनको राजधानीको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। बिहान ८ बजेर ५ मिनेट पछि टावरसँग सम्पर्क विच्छेद भएको हेलिकप्टर ५५ सय मिटर उचाइमा दुर्घटनाग्रस्त भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *