दूरसञ्चार प्राधिकरणमा पुन : दिगम्बर झाको पदबहाली
२०७४ जेठ १५ गते

“
काठमाडौँ, भाद्र २४ । दुई पटकसम्म दुरसञ्चार प्राधिकरणको तेस्रो कार्यकाल आजबाट सुरु गरेका छन् । गत बिहीबार मन्त्रिपरिषद बैठकले झालाई नियुक्त गर्ने निर्णय गरेको थियो।
आइतबार बिहान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सपथ ग्रहण गराएपछि उनले काम सुरु गरेका थिए।
टेलिकम क्षेत्रको नियामक प्राधिकरणमा झाले पाँच वर्षका लागि नियुक्ति पाएका छन्। गत वैशाखमा अविश्वास गरेर काम रोक्न निर्देशन दिएको र असारमा वर्खास्त गरेको सरकार आफैंले झालाई फेरि नियुक्ति दिएको हो।
चौतर्फी विरोध र आलोचनाकाबीच नियुक्त पाएका झाले आजदेखि काम सुरु गरेका छन्।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








