एनआइसीले गर्याे एसियन लाइफ इन्स्योरेन्ससँग सम्झौता
२०७४ जेठ १५ गते

“
काठमाडौँ, भाद्र २४ । एनआई सी एशिया बैंक लिमिटेडले एशियनलाईफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्ससँग सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले देशभर फैलिएका २४४ वटा शाखाहरुबाट सहज रुपमा एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवनबीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट का.मु.प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले आज हस्ताक्षर गरेका हुन् ।
हालसम्म बैंकका २४४ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यो देशकै सबैभन्दा ठूलो बैंकका रुपमा स्थापित भइसकेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








