‘मन्त्रिमण्डल हेरफेर गर्ने विषय मेरो होइन’– प्रचण्ड

काठमाडौँ, भदौ २४ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डलको हेरफेर नहुने बताएका छन् ।

चारदिने भारत भ्रमण सम्पन्न गरेर स्वेदश फर्केका अध्यक्ष प्रचण्डले आइतबार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्रिमण्डलको हेरफेर नुहने बताएका हुन् ।

‘मन्त्रिमण्डल हेरफेर गर्ने मेरा विषय होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले जे भन्नु भएको छ त्यही नै आधिकारिक हो’ उनले भने ‘गल्ती गर्नेलाई कारबाही हुन्छ भन्ने सन्दर्भमा कुरा आएको हो । अब मन्त्रीहरूले सक्रियतापूर्वक काम गर्न थाल्नुभयो भन्ने मैले बुझेँ।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ले भारत भ्रमण राजनीतिक मुद्दामा नभइ विकास र समृद्धिमा केन्द्रित रहेको दावी गर्दै उनले भने, ‘भारत भ्रमण सरकारका कामलाई सहयोग पुर्याउने र दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि भएको हो,

यसअघि आफूले प्रधानमन्त्री र एउटा दलको नेताको हैसियतमा भारत भ्रमण गरेको र यसपटक दुईतिहाइ नेतृत्वको सरकार चलाइरहेको दलको अध्यक्षको हैसियतमा भ्रमण गरेको भन्दै उनले आफूले भारतमा त्यसै अनुरुपको सम्मान पाएको बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमान, डुवान लगायतका सबै विषयमा कुराकानी भएको उनको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =