इलाम सदरमुकाममा ३ वटा बम फेला

इलाम, भाद्र, २४ । इलाम सदरमुकाममा तीन वटा बम फेला परेको छ । इलाम नगरपालिका – ७ नारायणस्थान नजिकै तत्कालीन नेकपा माओवादी केन्द्र इलामको पार्टी कार्यालय नजिकै सो बम फेला परेको हो ।

पुरानो दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । बम भेटिएको स्थानमा प्रहरीले सुरक्षा दिइरहेको र निष्क्रिय गर्ने काम भइरहेको बताइएको छ । गस्ती गर्ने क्रममा शङ्कास्पद वस्तु देखिएपछि जाँच गर्दा बम भएको प्रमाणित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =