मेयरले नै नियन्त्रणमा लिए सेवाग्राहीबाट घुस माग्ने खरिदारलाई

विराटनगर, भदौ २४ । विराटनगरमा मेयरले नै घुस माग्ने कर्मचारीलाई नियन्त्रणमा लिएका छन् । मेयरले साढे ११ हजार घुससहित कार्यालयमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएका हुन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले घर जग्गा सम्पत्ति कर शाखामा कार्यरत खरिदार तिलकमणि पोखरेललाई आफैंले नियन्त्रणमा लिएका हुन् ।

कार्यालयमा पोखरेलले सेवाग्राही विराटनगर–७ मा मीना शाक्यबाट घुस लिएको सूचना पाएपछि मेयर पराजुलीले उनलाई पक्राउ गरेका हुन् । पोखरेलले भने आफूलाई नियोजित रुपमा फसाइएको बताएका छन् ।

विराटनगर–७ मा मीना शाक्यको जग्गा भाडामा लिइ सञ्चालन गरिएको अर्कीड स्कुलले मीनाको जग्गामा नयाँ भवन बनाएको थियो ।

नयाँ भवनको निर्माण सम्पन्नको कागज बनाउन एकसाता यतादेखि नगरपालिका धाइरहेकी मीना मिनालाई सुरुमा १ लाख रुपैयाँ लाग्छ भनेका कर्मचारीले पछि ८५ हजार रुपैयाँमा मिलाइदिने भन्दै मीनाबाट रकम लिएका थिए । मीनाले महानगरका कार्यालय सहयोगी बुधलाल सरदारलाई फाइल बुझाएकी थिइन् ।

आइतबार ८५ हजार रकम लिएर पोखरेलले ७३ हजार ५५५ रुपैयाँ राजस्व काटेर ११ हजार ४ सय ४५ रुपैयाँ राखेका थिए ।विराटनगर महानगरपालिका ३ घर भएका खरिदार पोखरेल २०५४ सालयता महानगरपालिकामा कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =