म्यानचेस्टर सिटीसँग ४–१ ले रियल मड्रिड पराजित

२०७४ जेठ १५ गते

“
एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस च्याम्पियन रियल मड्रिडमाथि शानदार जित दर्ता गरेको छ । युरोपियन च्याम्पियन रियल मड्रिड अमेरिकाको लस एन्जल्समा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर सिटीसँग ४–१ ले पराजित भएको हो ।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा सिटीले दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै चार गोल गर्यो । सिटीका लागि ५२ औं मिनेटमा निकोलस ओटामेन्डी, ५९ औं मिनेटमा केविन डी ब्राउन, ६६ औं मिनेटमा जोन स्टोनस् र ८१ औं मिनेटमा ब्राहिम डिएजले गोल गरे । रियल मड्रिडका लागि ९० औं मिनेटमा अर्नाइज ओस्कारले एक गोल फर्काए ।
सिटीको प्रशिक्षक पेप गार्डिवलाले यहि सिजन रियल मड्रिडबाट क्लब भित्र्याएका डानिलोलाई सिटीबाट डेब्यु गराएका थिए । पहिलो हाफमा दुवै तर्फबाट गोल गर्ने राम्रो अवसर सिर्जना गरे पनि दुवै टिमका गोलरक्षक बाधक बनेका थिए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित