‘ईन्टु मिन्टु लण्डनमा’ असोज ५ देखि हलमाहरुमा लाग्ने

“
धरान, सुनसरी, भाद्र २४ । डान्स कोरियोग्राफर संगै पहिलो चलचित्र निर्दैशन गरेर चलचित्र दुनियामा डेब्यु गरेकी रेनेशा बान्तवा राई यतिबेला पूर्र्वी नेपालको १ नं प्रदेश स्तरीय दौडाहामा रहेकी छिन ।
सोही क्रममा नेपाली चलचित्र ‘ईन्टु मिन्टु लण्डनमा’को टोली आज शनिबार सुनसरीको धरान आइपुगेको छ । आइकोर फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रलाई प्रभु शम्शेर जवरा र प्रज्वल शम्शेर जवराले निर्माण गरेका हुन् । फिल्म आगामी असोज ५ गतेदेखि देशभरीको हलहरुमा प्रदर्शनमा आउने तयारीमा छ ।
चलचित्रका कलाकार सहितको टोलीले धरान १५ स्थित रहेको होटल अर्किडमा आएर पत्रकार सम्मेलनको आयोजना गरी आगामी असोज ५ गतेदेखि मुलुकभरका सिनेमा हलहरूमा प्रर्दशनमा आउने जनाएको छ ।
पछिल्लो समय निकै नै चर्चाको शिखरमा पुगेर युवा वर्गले अत्याधिक रुचाईएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र चर्चित युट्युवर धिरज मगरको चलचित्रमा मुख्य भुमिका रहनुका साथै सारुक ताम्राकार लगायतका कालकारहरुको भुमिका रहेको छ ।
‘ईन्टु मिन्टु लण्डनमा’ चलचित्रमामा माया, प्रेम र रोमान्सले भरिएको कथा देख्न सकिने चलचित्रकी निर्देशक राईले जानकारी दिइन् । पत्रकार सम्मेलनमा चलचित्र निर्माण पक्षले लगानी प्रर्दशन पश्चात मात्र बताउने जानकारी दिए ।
नेपालका मनोरम स्थानहरु तथा हंङकङका केही स्थानहरुमा छायांकन गरिएकोले पनि चलचित्र दर्शकले रुचाउने निर्देशक राईको भनाई छ ।
चलचित्रमा ईन्टु मिन्टु लण्डनमा मा दुई नायक र एक नायिकका बीचको माया प्रेम र रोमान्सलाई देखाउन खोजएको चलचित्रकी निर्देशक रेनेशा राईले जानकारी दिइन् ।
“








