बुवा हुनुहुन्थ्यो र पो ??
“बुवा हुनुहुन्थ्यो र पो ??
बत्ती नबालेपनी घर उज्यालो हुन्थ्यो
चुलो नजले पनि भोक मेटिन्थ्यो
गोठमा गोरु कराउथे
भैंसीले बाल्टिभरी दुध दिन्थ्यो
गाउँका काकाहरु आउनुहुन्थ्यो
पल्टने गफ सुनिन्थ्यो
आखिर !! बुवा हुनुहुन्थ्यो र पो ??
बुवाको कन्नरकुटी चढेर
गाइगोरु बनमा चराउदै
बुवाको हात समाउदै ताते ताते गर्दै
झोला भिरेर स्कुलको ढोका सम्मा
हुर्किए मेरा बाल्यकाल
आखिर !! बुवा हुनुहुन्थ्यो र पो ??
बुवा हुनुहुन्थ्यो
दसैं आउथ्यो रमाइलो हुन्थ्यो
घरभरी पाहुना आउथे
आशिर्बाद लिन्थे, जान्थे
तिहार आउथ्यो
फुपुहरु सोली भरी रोटी बोकेर आउथे
आखिर !! बुवा हुनुहुन्थ्यो र पो ??
बुवा हुनुहुन्थ्यो
पैसा को जोहो हुन्थ्यो बिदेस जानलाई
सात समुन्द्र बाट फोन हुन्थ्यो
सोध्नु हुन्थ्यो कस्तो छ तँलाई
दुःख छ् भने फर्की आफ्नै गाउँ भन्नुहुन्थ्यो
गाउँ फर्किदा
सबैले फलानो को छोरो आयो भन्थे
आखिर !! बुवा हुनुहुन्थ्यो र पो ??
घरभित्र पस्दा ! बुवा !! भनिन्थ्यो
आमाले बाउँछोरालाई चिया दिनुहुन्थ्यो
गफ हुन्थे दुःख सुखका
आमा छेउमै बसी सुन्नुहुन्थ्यो हामी दुई लाई
भैंसी कराउथ्यो गोठबाट
बुवा घाँस हाल्न जानुहुन्थ्यो
आमा बुहारी ल्या भन्नुहुन्थ्यो
नाती नातिनिको रहर आँखामा झल्किन्थे
बाबु !! यो गोरु हेर त
खेत रोप्ला त यसपाली
मलाई सोध्नुहुन्थ्यो
आखिर !! बुवा हुनुहुन्थ्यो र पो ??
आज !!
बुवा हुनुहुन्न
घरै अध्यारो लाग्छ
गाउँ नै सुनसान लाग्छ
गोठका बस्तु कराउदा
रुन मन लाग्छ
आमा लाई हेर्दा झन मन भकानिन्छ
आखिर !! दुनियाँको रित
बिधिको बिधान मान्नै पर्ने
तस्बिर हेरेर आशु चुहाउदै
स्खलित हुन्छन बुवा सँग बिताएका ति पलहरु
अनी
मन बुझाउछु आँफैले
जन्मिए यस् धर्तिमा
बुवा हुनुहुन्थ्यो र पो ??
रुन पाएको छु सम्झेर
मेरो बुवा हुनुहुन्थ्यो र पो ??
सारा परिवारको जिम्मेवारि बहन गर्न पाएकोछु
आखिर !! मेरा बुवा हुनुहुन्थ्यो र पो ??
त्यो भगवान ले प्यारो बनायो
मेरो बुवा हुनुहुन्थ्यो र पो ????”