बझाङ: डेढ महिनासम्म पनि बलात्कार घटनाको आरोपीत पक्राउ परेन
२०७४ जेठ १५ गते

“
बझाङ, भदौ २४ । बझाङमा बालिका बलात्कृत भएको डेढ महिनासम्म पनि प्रहरीले आरोपित पक्राउ गर्न सकेको छैन । बझाङको तल्कोट गाउँपालिकाका १३ बर्षिया सुस्त मनस्थितिकी बालिका बलात्कृत भएको डेढ महिना भइसक्दा समेत आरोपित पक्राउ पर्न नसकेको हो ।
सुस्त मनस्थिति भएकी दलित बालिकाको तल्कोट गाउँपालिकाका ४० वर्षका फिट्टु कुँवरले बलात्कार गरेको बालिकाका आफन्तले आरोप लगाएका छन् । आरोपी कुँवर अहिले फरार रहेका छन् ।
आरोपीत कुँवर अहिले भारतमा रहेको जानकारी आएको र उनलाई जुनसुकै बेला पक्राउ गर्न सकिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








