नेकपाका अध्यक्ष प्रचण्ड आज स्वदेश फर्किदै

काठमाडौं, भदौ २४ । भारतको भ्रमणमा गएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किदै छन् । आज दिउँसो काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।

हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएको थियो । भेटमा दुई देशको आपसी सम्बन्ध र नेपालको आर्थिक विकासका लागि भारतले गर्ने सहयोग लगायत विषयमा छलफल भएको बताइएको छ । । प्रचण्डले भारतमा रहँदा गृह मन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =