चीनका तेश्रो धनी ज्याकले कम्पनीबाट राजीनामा दिने

“एजेन्सी, भदौ २४ । चीनका सबैभन्दा धनीमध्येका एक ज्याक माले ई-कमर्स कम्पनी अलिबाबाको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिन लागेका छन् ।

द न्यूयोर्क टाइम्सका अनुसार उनी अलिबाबाको बोर्ड अफ डिरेक्टर्स मा चाहिँ रहने छन्। तर शिक्षा क्षेत्रमा परोपकारका काममा ध्यान केन्द्रित गर्ने तयारीमा छन् ।

माले सन् १९९९ मा अलिबाबाको स्थापना गरेका थिए। त्यो अहिले विश्वका ठूला ईन्टरनेट कम्पनीमा पर्दछ।अलिबाबाको अहिलेको बजार मूल्य ४०० अर्ब डलर रहेको बताइन्छ।

सो कम्पनीले अनलाइन विक्री, चलचित्रको निर्माण र क्लाउड कम्प्युटिङ्गु गर्दछ।द टाइम्स पत्रिकासँगको एउटा अन्तर्वार्तामा माले अवकाश एउटा युगको अन्त्य नभइ एउटा युगको शुरूवात हुने बताएका थिए।

सोमवार ५४ वर्ष पुग्न लागेका माको ४० अर्ब डलर बराबरको सम्पत्ति छ। फोब्र्सले प्रकाशित गरेको सन् २०१७ को चिनियाँ धनीहरूको सूचीमा उनी तेस्रो सबैभन्दा धनी व्यक्ति हुन्।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =