प्रशिक्षकको आशा- मेसी टिममा फर्किन सक्नेछन्

“एजेन्सी, भदौ २४ । बार्सिलोनाका कप्तान मेसीले निरन्तर राष्ट्रिय टिमबाट केहि समयका लागि विश्राम लिदै आएका छन् । उनी यस महिना पनि अर्जेन्टिनाको मैत्रिपुर्ण खेलमा उपस्थीत छैनन् ।

उनको अनुपस्थितिमा अर्जेन्टिनाको मैत्रीपूर्ण खेलमा महान जर्सी नं १० खालि रहेको छ । यदि अर्जेन्टिनाले जर्सी नं १० का लागि अर्को स्टार खेलाडी छनोट गरेमा फरक पर्ने छैन् । तर, सम्मान र दबाबले उनी टिममा फर्किन सक्ने छन् ।

‘कुनै एकजना सँग जोडिएको जिम्मेवारी कसै अरुलाई दिनु उपयुक्त नहोला । किनकी मैदानमा मेसी जे गर्ने छन् त्यो अरु कुनै खेलाडीले अर्जेन्टिनाका लागि गर्न सक्दैनन् । त्यसैले जब सम्म मेसीले राष्ट्रिय टिमबाट सन्न्यास लिँदैनन तबसम्म उनको जर्सी नं। १० मा उनकै अधिकार छ,’ प्रशिक्षक स्कोलोनीले बताएका छन् ।

स्कोलोनले भने, ‘हामी अहिले त्यो हेर्छौं की के उनी मैत्रीपूर्ण खेलमा आफ्नो जादु देखाउनका लागि फर्किने छन् ।’ हाल स्कोलोनका लागि मुख्य विषय मेसी नभई उनको टिम हो । किनकी अहिलेको अवस्थामा अर्जेन्टिनालाई विश्वकपको खराब प्रदर्शनबाट बाहिर निकाल्न जरुरी छ । स्कालोनिले मेसीलाई आफ्नो निर्णय बदलेर कुनैपनि समय फेरी टिममा फर्कन बाटो खुला रहेको बताएका छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eighteen =