सभ्य समाज निर्माणमा हरेक नेपालीको दायित्वः राष्ट्रपति भण्डारी

भाद्र २२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ कानुनले महिलालाई धेरै अधिकार दिएपनि कार्यान्वयन चरणमा रहेको बताउनु भएको छ ।

जितिया पर्व, तीजको अवसरमा राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान र नयाँ कानुन कार्यान्यनमा सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा बताउनु भयो । राष्ट्रपति भण्डारीले राष्ट्रलाई सबैको अपनत्व हुने गरी बनाउन तथा सभ्य समाज निर्माणमा हरेक नेपालीको दायित्व समेत रहेको बताउनु भयो ।

भेटघाट कार्यक्रममा बोल्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने महिला सांसद तथा महिला अधिकारवादी नेतृहरुले पछिल्ला दिनहरुमा समाजमा महिला हिँसा र बलात्कारका घटना बढेकोमा चिन्ता ब्यक्त गरे ।

पूर्व मन्त्री तथा महिला अधिकारवादी नेतृ भगवती चौधरीले सांस्कृतिक जितिया पर्वको बारेमा बोल्दै विभिन्न समुदायमा रहेका चाडपर्व मनाउँदा महिला अधिकार र अहिले भइरहेका महिला हिँसाका विषयमा समाजमा सचेतना फैलाएर मनाउनु पर्नेमा जोड दिनुभएको थियो ।

पुर्व सभासद राज्यमन्त्री चौधरीले चाडपर्व मनाउँदा संस्कृति र संस्कार बचाउँदै चाडपर्वमा हुने कुरुतीलाई सुसंस्कारित परस्कृत तौर तरिकाबाट मनाउन जरुरी रहेको बताउनु भयो । उहाँले समाजमा दैनिक घटिरहेका महिला हिंसा, बलात्कारका घटना दिन प्रतिदिन बढिरहेकोमा सो रोक्नका लागि म।हिंसा विरुद्ध अभियान चलाउनु पर्ने, अन्तरक्रिया गरिनुपर्ने जिकिर गर्नुभयो । साथै चौधरीले महिला मन्त्रालयबाट नारी स्व–सुरक्षण तालिम समेत दिनुपर्ने बताउनु भयो ।

चौधरीले महिलाहरु विभिन्न पर्वमा निराहार विशुद्ध वर्त बसी घर परिवार, श्रीमान, बच्चाको दीर्घायु, सुस्वास्थ्य कामना गरेपनि त्यहि समुदायमा नारी समुदायको हिंसा र विभेद गर्ने भएकोले त्यसै चाडपर्वको माध्यमबाट अधिकार प्रतिस्थापना कार्यान्वयन गर्न अवाज उठाउनुपर्ने उहाँको भनाइ थियो ।

जितीया पर्व आश्विन कृष्णपक्ष सप्तमी देखि शुरु भई अष्टमी उपवास र नवमीमा सूर्यलाई अघ्र्य दिइ बर्त सम्पन्न गरिन्छ । सांसद रञ्जु झाले तराई क्षेत्रमा मनाइने जितिया पर्वको आफ्नै मौलिकता र पहिचान भएको जानकारी गराउनु भएको थियो ।

सांसद डिला शर्माले तीजका विषयमा जानकारी गराउँदै हाम्रो समाजमा रहेका विभिन्न प्रकारका चाडपर्वहरुको आ–आफ्नै महत्व रहेको बताउनु भयो । सो अवसरमा मिना पुन, जिल्ला समन्वय समिति स्याञ्जा अध्यक्ष सिता सुन्दासले समेत बोल्नु भएको थियो ।

भेटघाट कार्यक्रममा दुबै सदनका सभाषद् पुर्व सभामुख, महिला मन्त्रीहरु पद्मा कुमारी अर्याल, थममाया विक, राज्य मन्त्री रामकुमारी झाँक्री, प्रधानमन्त्री, मन्त्री पत्नीहरु, एक्लेसी एमब्यासडर, संघसंस्थाका बिशिष्ट व्यक्तीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =