लम्कीचुहामा १५ शैयाको अस्पताल बनाउले नगरपालिकाको तयारी

“भाद्र २३, कैलाली । लम्कीचुहा स्वास्थ्य शाखाले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वर्ष भरि भएका कार्य, प्रवाहा गरेका सेवा, आईपरेका चुनौति र आ.व. ०७५/०७६ को योगदान बारे ब्यापक समिक्षा भएको थियो ।
समिक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख महादेव बजगाईले नगरपालिकाले यसै वर्ष भित्र आम नागरिकको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नगर भित्र १५ शैयाको अस्पताल खोल्ने तयारीमा रहेको र यसका लागि आवश्यक बजेट पनि विनियोजन गरेकाे बताए । महिला स्वास्थ्य स्वयंसेविकालाई आवश्यक तालिम र ट्रेनिङ् प्रदान गरि स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने कुरामा उनकाे जाेड थियाे ।
कार्यक्रममा बोल्दै प्रतापुर उपस्वास्थ्य चौकीमा इन्चार्ज धर्म सिं बटलाले कर्मचारीको अभावले सेवा प्रवाह गर्नमा कठिनाई भईरहेको बताए । उनले समाजमा विद्यमान कूरिती र कूसंस्कारले स्वास्थ्यमा प्रतिकुल असर परिरहेको र जनचेतना अभिवृद्धि गर्न नगरपालिकाले ध्यान दिनुपर्ने तथा गाउँ घरमा स्वयंसेविलाई काममा सहजताका लागि साइकलको व्यवस्था गर्नु पर्ने जिकिर गरे ।
लम्कीचुहा वडा नं. ३ का अध्यक्ष भक्त बहादुर चलाउनेले स्वास्थ्य चौकीको काम सन्तोसषजनक भए पनि अझ यसलाई प्रभाावकारी बनाउन प्रत्येक वडामा स्वास्थ्य क्लिनिकको स्थापना गर्नुपर्ने बताए । वडा नं. २ अध्यक्ष तथा बलिया स्वास्थ्य चौकीका अध्यक्ष बिष्णु ढकालले स्वास्थ्य चौकीमा औषधी तथा प्राथमिक उपचारका सबै साधन नहुँदा समस्या भएकाे बताए ।
लम्कीचुहा स्वास्थ्य प्रमुख जयन्ती बि.सी. ले नेपाल सरकारको लक्ष्य अनुसार जनतालार्इ स्वास्थ्य सेवा प्रदान गर्न अाफु सकृय रहने बताउँदै अावश्यक अाैषधि र जनशक्ति ब्यवस्थापन गरेर काम गर्ने बताएका थिए ।”








