सम्पर्क बिहीन हेलिकोप्टर दुर्घटनाग्रस्त, पाइलट र यात्रुको अवस्था अनविज्ञ

गोर्खा, भदौ २३ । गोर्खाको मनास्लु क्षेत्रमा पर्यटकहरु छाडेर फर्किँदै गर्दा सम्पर्क बिहीन भएको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । अल्टिच्युड एयरको इक्वेरल थ्री हेलिकप्टर बिहान ६ बजेर ५७ मिनेटदेखि सम्पर्क बिहीन भएको थियो । हेलिकप्टर धादिङ्ग र नुवाकोटको सीमावर्ती क्षेत्रमा खसेको बताईएको छ ।

पाइलट निश्चल केसी रहेको हेलिकप्टरमा पाइलटसहित पाँचजना रहेको प्रारम्भिक जानकारी आएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । पाइलट र यात्रुको अवस्थाबारे अहिलेसम्म केहिपनि थाहा भएको छैन ।

हेलिकप्टर बिहान सवा ८ बजेपछि काठमाडौँ अवतरण हुनु पर्ने थियो । हेलिकप्टर उडेको केही मिनेटमै सम्पर्क बिहीन भएको हो । अहिले उद्धार कार्यका लागि टोली खटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =