स्कटल्याण्डको ४५ वर्ष यताकै खराव नतिजा, बेल्जियमसँग ४–० ले हार्यो

“एजेन्सी, भदौ २३ । स्कटल्याण्डको फुटबल टिमले ४५ वर्ष यताकै खराव नतिजा ल्याएको छ । शुक्रबार राती घरेलुु मैदानमा बेल्जियमसँग खराव नतिजा व्यहोरेको हो ।

विश्वकप फुटबलपछिको मैत्रीपूर्ण खेलमा बेल्जियमले स्कट्ल्याण्डलाई ४–० ले हराएको हो ।

बेल्जियमको जितमा मिसी बाट्शुयीले दुई तथा रामेलु लुकाकु र इडन हजार्डले एक एक गोल गरे । २८ औँ मिनेटमा लुकाकुको गोलबाट बेल्जियमले सुरुवाति अग्रता लियो ।

दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै हजार्डले बेल्जियमको अग्रता दोब्बर पारे । त्यसपछि बाट्शुयीले लगातार दुई गोल गरे । उनले ५२ र ६० औँ मिनेटमा गोल गर्दै बेल्जियमको ४–० को जित निश्चित गरे ।

सन् १९७३ यता घरेलु मैदानमा स्कट्ल्याण्डको यो सबैभन्दा फराकिलो हार हो । सन् १९७३ को फेब्रुअरीमा स्कट्ल्याण्ड इंग्ल्याण्डसँग ५–० ले पराजित भएको थियो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =