नेपालमा गैरकानुनी आप्रवासीको योजनाबद्ध घुसपैठ, गिरोह नै सक्रिय
“
काठमाडौं, भदौ २३ । भारतको बाटो हुँदै बर्माका अल्पसंख्यक रोहिन्ग्या र अन्य देशका गैरकानुनी आप्रबासी घुसपेट गराउने गिरोह योजनबद्ध रुपमा सक्रिय हुँदै आएको छ । गिरोहले बंगलादेशीलाई आकर्षित गरी मोटो रकम लिएर नेपालमा घुसपैठ गराइरहेको छ ।
गिरोहका नायिकेका रुपमा नेपाली महिला विवाह गरेका अफगान नागरिक सक्रिय रहेको पाइएको छ । यसरी अवैध रुपमा काठमाडौं आइपुगेका बंगलादेशी र रोहिन्जा आप्रवासी बुढानिलकण्ठ ११ को कपन क्षेत्रमा टहरा बनाएर बसोबास गर्दै आइरहेका छन् ।
निरन्तर रुपमा गैरकानुनी आप्रवासी भित्र्याएपछि कपना बासिन्दाले ती अफगानीलाई लखेटेका थिए । आप्रवासी र स्थानीयबासी बीच गतबर्ष झडपको अवस्था उत्पन्न भएको थियो । घटनाबारे सुरक्षा निकायमा खबर गर्दा वेवास्ता भएको थियो ।
रोहिन्जा बसोबास गर्दै आएको बुढालिनकन्ठ ११ का वडाध्यक्ष राजु अधिवकारीले भन्नुभयाे, ‘नेपाली महिला विवाह गरेका अफगान नागरिक गैरकानुनी आप्रवास भित्र्याउन सक्रिय छन् । स्थानीयको प्रतिकारपछि उनी देखिएका छैनन् । तथापि रणनीति परिवर्तन गरेर त्यस्ता गिरोहको गतिविधि जारी छ ।’
“