युभेन्टससँग पिएसजी ३–२ ले पराजित

एजेन्सी– इटालियन सिरि ए च्याम्पियन युभेन्टसले प्रि सिजन अन्तरगतको इन्टरनेसल च्याम्पियनसिप कपमा फ्रेन्च महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि ३–२ रोमाञ्चक जित हासिल गरेको छ । अमेरिकाको फ्लोरिडामा बिहीबार बिहान भएको खेलको दोस्रो हाफमा क्लाउडियो मार्चिजियोले पेनाल्टी सहित २ गोल गरेपछि इटालिन क्लबको जित सम्भव भएको थियो ।

मार्चिजियोले खेल सकिन १ मिनेटअघि गरेको गोल खेलको निर्णायक बनेको थियो । त्यसअघि युभेन्ट्सले दुई पटक सम्म लिएको अग्रतालाई पिएसजी बराबर गर्न सफल भएको थियो । पहिलो हाफको अन्तिममा गोन्जालो हिगुइनको गोलमा युभेन्ट्सले अग्रता लिएको थियो । दोस्रो हाफको आठौं मिनेटमा गोन्कालो ग्वेडेसले बराबरी गोल फर्काए । उनले एन्जेल डि मारियाको उत्कृष्ट पासमा गोल गरेका हुन् ।

तर, ६२ औं मिनेटमा मार्चिजियोले झन्डै २० यार्डबाट गोल गर्दै इटालियन क्लबलाई पुनः अग्रता दिलाए । त्यो अग्रतालाई पछि ८० औं मिनेटमा पिएसजीका लागि जाभियर पास्टोरेले बराबरी गरे । तर, ८९ औं मिनेटमा मार्चिजियोले गोल गर्दै युभेन्ट्सलाई जित दिलाए । उनले पेनाल्टीमा गोल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *