जेलमुक्त भनिएकी उमा भुजेल फेरी पक्राउ

काठमाडौँ, भाद्र २२ । अघिल्लो हप्ता पक्राउ परेकी नेक्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा नेतृ उमा भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको भए पनि पुनः उनलाई पक्राउ गरिएको छ।

आज मात्र अघिल्लो हप्ता पक्राउ गरिएकी नेतृ भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो।

सर्वोच्चका न्यायाधिवक्ता सारदाप्रसाद घिमिरे र प्रकाशमानसिँह राउतको इजलासले नेकपा नेतृ भुजेललाई सर्वोच्चका मुख्य रजिष्ट्रारको रोहवरमा छाड्न आदेश दिएको थियो।

पार्टीकी पोलिटब्यूरो सदस्य समेत रहेकी भुजेललाई प्रहरीले १२ भदौमा पक्राउ गरेपछि उनको तर्फबाट प्रतिमा भुजेलले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

पक्राउपछि उनलाई काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा कुन्साङ लामाले सञ्चालन गरेको क्रसर उद्योगमा आगजनी गरेको मुद्दा लगाइएको थियो।

पक्राउ परेपछि तीन पटक म्याद थप गरी उनलाई हिरासतमा राखिएको बताउँदै त्यसलाई गैरकानूनी ठहर गर्दै रिहाईको आदेश दिएको थियो।

तर, सर्वोच्चको आदेश अनुसार रिहा गरेपनि लगत्तै उनलाई प्रहरीले पक्राउ गरी नुवाकोट लैजाने तयारी गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =