आतङ्कवादको समूह बनाएको आरोपमा ६० पक्राउ
मकालु खबर
२०७४ जेठ १५ गते
“
दुबई, १२ साउन । आतङ्कबादी समूह बनाउँदै गरेको भन्दै बहराईनमा बुधबार ६० जनालाई पक्राउ गरिएको छ । सुनी मुसलमान समूदायको बलियो प्रभाव रहेको यस इलाकामा पक्राउ परेका सबै सिया समूहका रहेका बताइएको छ । उनीहरूले आउँदो अगस्ट २२ तारिखका दिन आतङ्कवादी समूह खोल्ने तयारी गरेको प्रहरीको दाबी रहेको छ ।
“उनीहरूले आतङ्ककारी समूह बनाउँदै थिए, त्यो समूहलाई हातहतियारको प्रयोग गरी आतङ्कवादी आक्रमण गर्ने बारेमा प्रशिक्षण भइरहेको थियो,” एक जना सार्वजनिक वकिल अहमाद अल हमादीले बताएका छन् ।
सिया नेतृत्वका प्रदर्शनहरूमा संलग्न भएको आरोपमा सन् २०११ देखि यता सयौँलाई कारागारमा राखिएको अधिकारीहरूले बताएका छन् । अल खालिफा परिवारले झण्डै दुई सय वर्षदेखि शासन गर्दै आइरहेकोमा निर्वाचित सरकार बनाउन माग गर्दै उनीहरूले आन्दोलन गरिरहेका छन् । रासस/ एएफपी
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित