सांसदको जिब्रो काटेर ल्याउनेलाई कांग्रेस नेताले पाँच लाख दिने

भदौ २२ । भारतको महाराष्ट्र राज्यका एक पूर्वमन्त्री तथा काँग्रेस नेता सुबोध साओजीले बिहीबार भारतीय जनता पार्टी (बीजेपी) का सांसदको जिब्रो काटेर ल्याउनेलाई पाँच लाख भारतीय रुपैयाँको घोषणा गरेका छन् ।

बीजेपीका विवादित सांसद राम कदमको जिब्रो काटेर ल्याउनेलाई कांग्रेस नेता साओजीले पाँच लाखको पुरस्कार दिने घोषणा गरेका हुन् ।

केही दिनदेखि बीजपी सांसद बालिका अपहरणको बारेमा दिएको अभिव्यक्तिका कारण विवादमा रहेका छन् । कदमले सोमबार मुम्बईमा भएको एउटा कार्यक्रममा युवाहरुलाई आफूले अपहरण नै गरेर भए पनि युवतीहरु पुर्याइदिने बयान दिएका थिए ।

त्यसै विषयका बारेमा प्रतिक्रिया दिँदै कांग्रेस नेता साओजीले भने, ‘सांसदको गरिमाविपरीत अभिव्यक्ति दिने उनको जिब्रो काटेर ल्याउने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार घोषणा गर्दछु ।’

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =