भारतीय गृहमन्त्रीसँग प्रचण्डले भनेः ‘नेपालीमाथि हुने लुटपाटका घटना रोक्नुपर्यो’

“
काठमाडौँ, भदौ २२ । चार दिने भारत भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पहिलो तालिका अन्तर्गत भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरी नेपाल–भारत सिमामा हुने ज्यादती तत्काल बन्द गर्न आग्रह गरेका छन् ।
शुक्रबार बिहान प्रवासी नेपालीसँगको छलफलमा बसेका अध्यक्ष प्रचण्डले प्रवासीको गुनासो अनुरुप भारतीय गृहमन्त्रीसामु सीमामा सुरक्षा तथा नेपाली लुटिने श्रृखला तत्काल बन्द गर्न पहलका लागि आग्रह आग्रह गरेका हुन् ।
जवाफमा गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी घटना हुन नदिने विश्वास दिलाएका थिए ।
शुक्रबार बिहान प्रवासी नेपालीसँगको छलफलमा प्रवासीहरुले सीमा क्षेत्रमा नेपाली माथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा जानकारी गराएका थिए ।
प्रचण्डको सचिवालयले सिंहसँगको भेटमा नेपाल–भारत सम्बन्धका लागि अहिले सकारात्मक वातावरण बनेको बताउँदै नेपालको आर्थिक समृद्धिका लागि दुबै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
भेटमा नेपाल र भारतको सम्बन्ध सुध्रिएकाले नेपालको आर्थिक समृद्धिमा दुबै देश मिलेर अघि बढ्ने कुरासमेत भएको थियो ।
भेटमा प्रचण्डले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।
“








