आई मेकअप कसरी गर्ने ?

“आइमेकअप अर्थात आँखाको सौन्दर्य यसका लागि सबभन्दा पहिले आफ्नो आँखाको आकार राम्रोसँग थाहा पाउन आवश्यक छ । अहिले प्रचलित आईस्याडो कलर ब्लाक, गोल्डेन, रेड, शिल्भर आदी हुन् । हामीले आईस्याडो लगाउँदा हाम्रो पहिरन कुन कलरको छ हेर्नु जरुरी छ । आईस्याडो लगाउँदा आँखाको बनावट अनुसार पहिले बेस प्रयोग गर्ने । आइस्याडो प्रयोग गर्दा जहिले पनि अपमा लगाउने । आँखाको कर्नरभन्दा बाहिर नजाने । गोल्डेन कलर लगाएर माथिबाट आफ्नो पहिरनको कलर हल्का टचअप गर्ने । चाडपर्वका बेला प्राय जसो सबै युवतीहरुले रातो नै रंगका पहिरन लगाउने हुँदा रातै टचअप गर्ने । आँखाको कर्नरबाट ब्राउन तथा ग्रीन आइस्याडो प्रयोग गर्दा आँखा ठूलो देखिन्छ ।

टिनएजहरूलाई ब्ल्याक, ब्लु, ब्राउन, गोल्ड, सिल्भरले मर्च गरी स्मोकी आई देखाउँदा बढी सुहाउँने भएको हुँदा माथिको हाइलाइट भागमा ह्वाइट, सिल्भर र अफ ह्वाइट हल्का भी सेपमा लगाउँदा आँखा सारै आकर्षक देखिन्छ । आइलाइनर प्रयोग गर्दा आँखाको अगाडिको भागमा हल्का पातलो लाइन तथा बीचबाट मोटो लाइन तान्ने जसले आँखा ठूलो देखाउन मद्दत गर्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =