प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाई भदौ २५ मा

काठमाडौँ, भदौ २२ । प्रधानन्यायाधीशमा सिफारिस भएका ओमप्रकाश मिश्रको सुनुवाई भदौ २५ गते हुने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले प्रधानन्यायधीश ओमप्रकाश मिश्रको सार्वजनिक सुनुवाई भदौ २५ गते गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी आइतबार प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रविरुद्ध परेका चार ओटा उजुरीबारे भदौ २४ गते छलफल गर्ने र २५ गते सुनुवाई गर्ने समितिका एक सदस्यले जानकारी दिए । उजुरीकर्ताले आफ्नो उजुरी फिर्ता लिन चाहेमा फिर्ता गरिदिने निर्णय पनि बैठकमा भएको छ ।

मिश्रविरुद्ध ऐनसेलको मुद्दामा राज्यलाई करोडौं घाटा हुने गरी पैसा विदेश लैजान अन्तरिम आदेश दिएको, सूर्य नेपालको मुद्दामा पनि कर छली गर्न आदेशमार्फत सहयोग गरेको, हाँगी गाउँको सार्वजनिक जग्गा व्यक्तिका नाउमा नामसारी गर्न बाटो खोलिदिएको र विभिन्न मुद्दामा पैसा लिएर अभियुक्तलाई छाडेको लगायत उजुरी परेका छन्।

प्रधानन्याधीशमा प्रस्तावित दिपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकृत गरेपछि संवैधानिक परिषदले भदौ ७ गते सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाई प्रधान्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । मिश्र न्याय सेवाबाट जिल्ला, पुनरावेदन अदालत हुँदै चार वर्ष अघि सर्वोच्चका न्यायाधीश भएका थिए।

यसैबीच बैठकले सबैधानिक परिषद्बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नवीनकुमार घिमिरेमाथि सार्वजनिक उजुरीको आव्हान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 3 =