‘कर्मचारीहरुमा खटाएको ठाउँमा जान्न भन्ने खराब प्रवृत्ति छ’– लालबाबु पण्डित

काठमाडौँ, भदौ २२ । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले कर्मचारीहरुमा खटाएको ठाउँमा जान्न भन्ने खराब प्रवृत्ति रहेको बताएका छन् ।

शुक्रबार निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले हाँसी खुसी जिम्मेवारी बहन गर्नुपर्ने उल्लेख गर्दै कर्मचारीहरुमा खटाएको ठाउँमा जान नमान्ने प्रवृत्ति रहेको सल्बलाएको बताएका हुन् ।

सबै क्षेत्रमा सबै कर्मचारीको भूमिका हुने भन्दै उनले भने, ‘कर्मचारीले हाँसी खुसी जिम्मेवारी लिन नसके देश र जनताका लागि धोका हुन्छ ।’

मन्त्री पण्डितले कर्माचारी समायोजनका क्रममा सेवा सुबिधा कम भयो, म जान्न भन्ने कुरा नगर्न कर्मचारीहरूलार्इ आग्रह गरे । सुखी नेपाली समृद्ध नेपाल बनाउन कट्टिबद्ध भएर लाग्न कर्मचारीलाई निर्देशन दिँदै मन्त्री पण्डितले मुलुक जति समृद्ध भयो त्यति नै बढी सुविधा कर्मचारीले पाउने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =