भक्तपुरबाट अपहरित कटुवाल काभ्रेबाट मुक्त

काभ्रे, २१ भाद्र । भक्तपुरबाट अपहरणमा परेका सिन्धुपाल्चोकका बर्ष ४७ का विष्णु कटुवाल काभ्रेबाट मुक्त भएका छन् । इलाका प्रहरी कार्यलय बनेपाले उनलाई अपहरण मुक्त गराएको हो ।

भक्तपुरको सल्लाघारीमा निलो रंगको ट्क्याक्सीमा राखी जर्बजस्ती उनलाई काभ्रे लगेका थिए । उनलाई उक्त रंगको ट्क्यासीमा राखी अपरिचित व्यक्तिले लगेको भन्ने सुचनाका आधारमा प्रहरीले पिछा गरेको थियो ।

उनलाई इलाका प्रहरी कार्यलय बनेपाको इन्सपेक्टर सुनिल जंग शाहको टोलीले धुलिखेल न.पा. ५ चौकोटबाट अपहरण मुक्त गरिएको हो । प्रहरीले कटुवालालई अपहरण गर्न प्रयोग गरिएको बा.५.च ८७३५ नं को प्राईभेट कार ,बा.७८.प ५०५ नं को मोटरसाइकल र बा.३४.प ५०० नं स्कुटी सहित बिहीबार ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका १ का बर्ष २३ को दिपक भुजेल, काभ्रेको नमोबुद्ध नपाका बर्ष ४० को राजन घोरासैनी, सर्लाही घर भई बनेपा बस्ने बर्ष २६ को कृष्णहरी अधिकारी, सिन्धुपाल्चोक सुनकोशी गाउपालिका वडा नं. ५ घर भई सुर्यबिनायक बस्ने बर्ष २९ को रामेश्वर सिलवाल, मकवानपुर पालुङ ७ बस्ने बर्ष ४२ नकुल कार्की, रामेछाप खाडादेबी गाउँपालिका वडा नं. १ बस्ने बर्ष ३५ को टेक बहादुर विक, काठमाडौँ महानगरपालिका वडा नं। २८ बस्ने बर्ष ४२ को धननारायण तण्डुकार र सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउपालिका वडा नं. ५ घर भई हाल मकवानपुर बस्ने बर्ष २८ को रन्जन सिलवाल रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =