रुपन्देहीको पडसरीमा दुर्घटना, एककको मृत्यु

रुपन्देही, साउन १२ ।  दुर्घटनामा परी जिल्ला शिक्षा कार्यालय रुपन्देहीमा कार्यरत विद्यालय निरीक्षक चन्द्रबहादुर कुँवरको मृत्यु भएको छ । बुटवल–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको पडसरीमा आज लु १ ख ५०२६ नं को ट्रकले सोही दिशाबाट आउँदै गरेको लु १८ प २६७८ नं को मोटरसाइलाई ठक्कर दिदा कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घाइते कुँवरलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *