स्वयम्भूमा कारभित्र शव फेला, हत्या कि आत्महत्या ?

काठमाडौँ, भदौ २१ । काठमाडौँको स्वयम्भूमा रोकिराखेको कारभित्र पुरुषको शव फेला परेको छ ।

स्वयम्भू स्तुपा जाने बाटोनजिकै पार्किङ्ग गरेर राखेको निजी कारभित्र काठमाडौँ नैकापका ३२ वर्षीय श्याम श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन् ।

राति १ बजे तिर पार्किङ्ग गरि राखिएको बा ७ च ७०२१ नम्बरको कारको पछाडीको सिटमा शव भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको हो ।

मृतकको मुखबाट फिँज निस्किएकाले हत्याको आशंकामा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुई दिनदेखि वेवारिसे अवस्थामा शव रहेको भएतापनि कालो सिसा भएका कारण गाडिभित्र देखिएको थिएन, तर शवको दुर्गन्ध आउन थालेपछि स्थानीयले गाडी खोलेर हेर्दा शव भेटिएको प्रहरीले जनाएको छ ।

भदौ १८ गते दिउँसोदेखि श्याम सम्पर्कविहिन भएको र यसअघि पनि पटकपटक हराउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

सेयर कारोबारमा सक्रिय श्याम पैसा डुबेपछि पछिल्लो समय डिप्रेसनको शिकार भएका थिए। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 3 =