कान्तीपुर होटलमा मृत भेटेएकी युवतीको बलात्कारपछि हत्या गरेको आशांकामा २ जना पक्राउ

“
धरान,सुनसरी, भाद्र २१ । गत शुक्रबार सुनसरीको धरान–१८ बुद्धचोक स्थित होटल कान्तिपुरमा मृत फेला परेकी युवतीको बलात्कार पछि हत्या गरेको आरोपमा ईलाका प्रहरी कार्यलय धरानले २ जनालाई पक्राउ गरेको छ ।
मृतक राईका परिवारले जबरजस्ती करणी पछि हत्या गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएको हो ।
किटानी जाहेरीपछि पक्राउ पर्नेमा उनकै प्रेमी भनिएका धरान–१ का रोनिश श्रेष्ठ र होटल सञ्चालक रामबहादुर बिक रहेका छन । मृतक राई तथा उनकै प्रेमी भनिने रानिश श्रेष्ठ बिगत २० दिनदेखि सोही होटलमा सँगै बस्दै आएका थिए ।
अनुसन्धानको क्रममा उनीहरु होटलमा बस्दा होटल सञ्चालक बिकले उनीहरुको नागरिकता समेतराखे पनि होटलको रजिष्ट्ररमा भने दुबैजनाको नाम तथा मोवाइल नम्बर झुटो राखेको र युवतीको मृत्यु भए पछि युवकलाई नागरिकता दिएर पठाएको भन्दै पक्राउ परेका हुन।
मृतक राईको पोष्टमार्टमको रिपोर्टको सबै जानकारी आउन भिसेरा लगायतको परिक्षण गर्न विधि विज्ञान प्रयोगशाला पठाइएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन।
सम्बन्धीत समाचार
होटल कान्तिपुरमा मृत भेटीएकी युवती र फरार युवक प्रेमी–प्रेमीका भएको खुलासा !
बुद्धचौकको होटल कान्तिपुरमा एक युवतीको रहस्यमय मृत्यु
“








