अमेरिकी डलरको भाउ १ सय १५ नाघ्यो, पेट्रोलियम पदार्थमा असर
मकालु खबर
२०७४ जेठ १५ गते
“काठमाडौँ, भदौ २१ । अमेरिकी डलरको भाउ १ सय १५ रुपैयाँ नाघेको छ । केहि समयदेखि निरन्तर उकालो लागेको डलरको मूल्य बिहिबार १ सय १५ रुपैयाँ ११ पैसा पुगेको छ । यो अहिलेसम्म कै महंगो हो ।
नेपाल राष्ट्र बैंकले विहीबारका लागि एक अमेरिकी डलरको खरिद दर १ सय १४ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर १ सय १५ रुपैयाँ ११ पैसा तोकेको छ ।
भारतसँगको स्थिर विनिमय दरका कारण भारतीय मुद्रा कमजोर हुँदा त्यसको प्रभाव नेपाली मुद्रामा पनि पर्ने गरेको छ ।
यसको असर नेपालमा पनि देखिन थालेको छ । खासगरी पेट्रोलियम पदार्थको मुल्य बढ्नुको कारण पनि यहि हो । बिहिबार बाट पेट्रोलियम पदार्थको मूल्य बढेको छ । यस्तै अरु सामानको पनि अब मूल्य बढ्दै जाने अनुमान गरिएको छ ।
पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको भाउ बढ्यो
विहीबारको विनिमय दर हेर्नुुहोस्
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित