प्रहरीका गतिविधि अनुुगमन गर्न गृहले बनायो समिति
मकालु खबर
२०७४ जेठ १५ गते
“काठमाडौँ, भदौ २१ । गृह मन्त्रालयले मातहतका प्रहरी कार्यालयमा अनुगमन गर्न पाँच सदस्यीय अनुगमन टोली बनाएको छ ।
सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा अनुगमन टोली बनाएको हो। प्रहरीको कार्यसम्पादनबारे जनस्तरबाट धेरै गुनासो आएपछि गृहले मन्त्रीस्तरीय निर्णय गरेर समिति बनाएको हो ।
टोलीलाई देशभरका प्रहरी कार्यालयका प्रमुख तथा मातहतका प्रहरी अधिकारीको गतिविधि अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ।
मन्त्रालयमा प्रहरी कर्मचारीविरुद्ध धेरै उजुरी पर्न थालेपछि गृहमन्त्री रामबहादुर थापाले अनुगमन टोली गठन गरेका हुन्।”
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित