द भ्वाइस अफ नेपाल र हाम्रो पात्रोबीच सहकार्य

काठमाडौँ, भाद्र २० । विश्वमा लामो इतिहास बोकेको द भ्वइसको नेपाली संस्करण ‘द भ्वइस अफ नेपाल’ ले हाम्रो पात्रो एपसँग सहकार्य गरेको छ ।

हाल यो सो नेपाली टेलिभिजनमार्फत प्रशारण हुँदै आएको छ र यसले डिजिटल स्रोताहरुको मन छुँदै आएको छ ।

डिजिटल यूग सुहाउँदो विश्वस्तरीय कार्यक्रम बनाउनु र मियाका विभिन्न माध्यमहरुको प्रयोग गर्नु आजको आवश्यक्ता पनि हो । निरन्तर नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै आएको नेपालीको जीवनशैली तथा दैनिक आवश्यकताका विविध विषयवस्तु समेटेको नेपालको लोकप्रिय एप यस पटक उपस्थित छ कला तथा मनोरञ्जनसहितको एउटा यस्तो टेलिभिजन सामाग्रीका साथ जसले आफ्नो उपस्थितिको संकेतमात्रले पनि नेपाली दर्शक श्रोता तथा सङ्गीतप्रेमीहरुमा तरङ्ग ल्याउन सफल भएको छ ।

“हामीले विश्वकै चर्चित गायन रियालिटी शो “द भ्वाइस” को नेपाली संस्करण (फ्रेञ्चाइज) द भ्वाइस अफ नेपाल अब नेपालको सबै भन्दा बढी डाउनलोड भएको जीवनशैली एप हाम्रो पात्रोबीच पहिलो सिजनको एकाआपसी सहकार्यका लागि सम्झौता गर्यौं । जसअन्तर्गत हाम्रो पात्रो अब द भ्वाइस अफ नेपालको आधिकारीक डिजिटल मिडिया पार्टनरको रुपमा हाम्रो पात्रो प्रयोगकर्ता तथा द भ्वाइस अफ नेपालको दर्शक श्रोतासम्म यो सिजनको हरेक एक्स्क्लुसिप सामाग्री, अडियो सामाग्री, ताजा गतिविधिका हरेक अपडेटहरु तथा प्रत्यक्ष प्रसारण समेत हेर्न सकिने सकिने छ ।” भ्वस अफ नेपालका प्रल्हाद सिंह महतले बताए ।

“निरन्तर विश्वस्तरका मिडिया सामाग्रीहरु हाम्रो लाखौं प्रयोगकर्तासम्म जोड्दै लैजानु हाम्रो मूल उद्देश्य हो र द भ्वाइस अफ नेपालको यो ठूलो सङ्गीत यात्रामा हामीले सङ्गीतकर्ममा विश्वास राख्ने, आस्था राख्नेहरुका लागि सहयात्री बन्न पाउँदा खुशी लागेको छ” हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष देवकोटाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 3 =